☰ open Loading... 27 September 2025|  

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा नारायण कर्णालीमै पहिलो
पश्चिम नेपाल   | ९ भाद्र २०८२, सोमबार ०७:२३

यामराज बिष्ट
दैलेख । दैलेखको नारायण नगरपालिका स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा)मा कर्णाली प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ का लागि सार्वजनिक गरेको नतिजामा कर्णाली प्रदेशभरि नारायण नगरपालिका प्रथम भएको हो ।
कर्णाली प्रदेशका ७९ स्थानिय तह मध्ये नारायण नगरपालिकाले ८८ः२५ अंक ल्याएर कर्णाली प्रदेशको प्रथम भएको हो ।जिल्लामा दोस्रोमा दूल्लु नगरपालिका ८२ः७५ अङ्क तस्रोमा महाबु गाँउपालिकाले ८१ः५० अङ्क प्राप्त गरेको छ ।
यसैगरी जिल्लामा चौथोमा डुवेश्वर गाउँपालिकाले८१अंक, पाँचौमा भगवतीमाई गाँउपालिकाले ८०ः७५ अंक गुराँस गाउँपालिकाले ८०ः५०अंक,चामुण्डाबिन्द्रासैनि नगरपालिका६४ः५०अंक, भैरबी गाउँपालिकाले ६१अंक आठबिस नगरपलिकाले४८ः७५अंक नौमूले गाँउपालिकाले ७८ः७५ अंक र ठाटिकाँध गाँउपालिकाले ५९ः२५ प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा कार्यसम्पादन मूल्याङ्कन नतिजामा नगरपालिका पहिलो स्थान हुन सफल भएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । उनले नगरपालिकाले असार मसान्तभित्र बजेट पारित गरे÷गरेको, आयव्ययको शासकीय प्रबन्ध, शुसाससन,न्यायिक कार्यसम्पादन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सहकार्य र समन्वय लगायतका सूचकको आधारमा कर्णाली प्रदेशमा पहिलो भएको बताए । कर्णाली प्रदेशका १० जिल्लामा ७९ स्थानीय तह रहेका छन् ।सोही कार्यसम्पादनबाट प्राप्त हुने अङ्कको आधारमा सङ्घीय सरकारबाट स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्ने प्रावधान छ ।