पश्चिम नेपाल | १२ भाद्र २०८२, बिहीबार १७:४४
सुर्खेत, भदौ १२ । सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा प्रहरीले बिना बिल–बिजकको अबैध सामान बरामद गरेको छ ।
शुक्रबार दिउँसो २ः२५ बजे प्र.स.नि. हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा सामान बरामद गरेको हो । बरामद सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ भने सामान पोष्टमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएका सामानमा—
-
सुपर पावर सुर्ती ६० पोका (रु. ८,४००),
-
स्वीट सुपारी ८५ पोका (रु. ८,०७५),
-
कमला पसन्द १२० पोका (रु. २६,४००),
-
चिनी २०० केजी (रु. १८,०००),
-
जेम्स अन्डरवेयर १२९ पिस (रु. १९,३५०),
-
माउन्टेन डिउ १२ बोतल (रु. ३,०००)
समेत रहेका छन् । बरामद सामानको कुल मूल्य रु. ८३ हजार २२५ बराबर भएको प्रहरीले जनाएको छ ।