☰ open Loading... 27 September 2025|  

सहयात्राको १० औं वर्ष
पश्चिम नेपाल   | २० भाद्र २०८२, शुक्रबार १३:३०

पश्चिमनेपाल डटकम आज आफ्नो १० औं वार्षिकोत्सव मनाउँदैछ। गत दशकको यस यात्रामा हामीले असंख्य चुनौती, अवसर र अनुभवका बीच निरन्तर पत्रकारिताको यात्रालाई अघि बढाएका छौँ। स्थापना कालदेखि नै सत्य, निष्पक्ष र तथ्यमा आधारित समाचार, विचार र जानकारीमार्फत समाजलाई सशक्त बनाउन हाम्रो प्रयास निरन्तर रह्यो।

यो यात्रामा हाम्रो प्रेरणाको मूल स्रोत भनेका हाम्रा पाठक, शुभेच्छुक, विज्ञापनदाता र सरोकारवालाहरू हुनुहुन्छ। तपाईंहरूको निरन्तर विश्वास, साथ र सहयोगकै कारण आज पश्चिमनेपाल डटकम आफ्नो दशक लामो पत्रकारिता अभ्यासको युगसम्म आइपुगेको हो।

सञ्चार क्षेत्र सजिलो छैन; अनेकौं आलोचना, प्रश्न र अप्ठ्यारा परिस्थितिहरूबीच हामी अघि बढ्यौँ। तर, तपाईंहरूको भरोसा र समर्थनले हामीलाई हरेक दिन नयाँ ऊर्जा, हौसला र जिम्मेवारीबोध गराइरहेको छ। विशेषगरी, विज्ञापनदाताहरूले प्रदान गर्नुभएको सहयोगले हाम्रो आर्थिक जग मजबुत बनाएको छ भने, पाठकहरूले देखाउनुभएको विश्वासले हाम्रो सम्पादकीय दिशा अझै सशक्त र उत्तरदायी बन्न मद्दत पुर्‍याएको छ।

१० वर्षको यस महत्वपूर्ण क्षणमा हामी हृदयदेखि आभारी छौँ। आगामी दिनमा अझै जिम्मेवार, पारदर्शी र जनमुखी पत्रकारिता गर्न हामी प्रतिबद्ध छौँ। सूचना प्रवाहलाई अझ सहज, प्रभावकारी र विश्वासिलो बनाउन निरन्तर प्रयासरत रहनेछौँ। कर्णालीजस्तै जटिल भुगोलबाट १० वर्षदेखि रातदिन नभनी जनतालाई सुचना प्रवाह निरन्तर प्रवाह गर्नु हाम्रा लागि शुभाग्य महशुस गरेका छौं ।

यस अवसरमा फेरि एकपटक —
हाम्रा सबै पाठक, विज्ञापनदाता, शुभेच्छुक, साझेदार तथा सहयोगी हातहरूलाई हार्दिक धन्यवाद, आभार र कृतज्ञता प्रकट गर्दछौं।


प्रकाशन गृह
सौगात संचार प्रा.ली.
पश्चिमनेपाल डटकम