☰ open Loading... 27 September 2025|  

शुभलक्ष्मी आयल स्टोर राकम कर्णालीमा सञ्चालनमा, स्थानीय व्यवसायी लाभान्वित
पश्चिम नेपाल   | २१ भाद्र २०८२, शनिबार २०:३५

दैलेख, आठबीस – आठबीस नगरपालिका अन्तर्गत राकम कर्णालीमा शुभलक्ष्मी आयल स्टोर आधिकारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी राजेश माझीद्वारा सञ्चालन गरिएको उक्त आयल स्टोरको शुभारम्भसँगै कर्णाली क्षेत्र तथा आसपासका व्यवसायीहरूले प्रत्यक्ष लाभ लिन थालेका छन्।

यस आयल स्टोरको स्थापना सँगै अब स्थानीय व्यवसायी तथा सवारीधनीहरूलाई इन्धनका लागि टाढा जानु नपर्ने भएको छ। सहज रूपमा उपलब्ध इन्धन सेवाका कारण समय र खर्चमा समेत बचत हुने अपेक्षा गरिएको छ।

राजेश माझीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिएका छन्। साथै उनले ग्राहकको विश्वासलाई सर्वोपरि मानेर व्यवसायलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

स्थानीयवासी र व्यवसायीहरूले शुभलक्ष्मी आयल स्टोरको स्थापना कर्णाली क्षेत्रमा व्यापारिक गतिविधिलाई अझ सहज र गतिशील बनाउने विश्वास व्यक्त गरेका छन्।