☰ open Loading... 27 September 2025|  

दुई लाख १२ हजार पुग्यो सुन
पश्चिम नेपाल   | २२ भाद्र २०८२, आईतवार ११:०४

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको सुनको भाउ आइतबार बढेर दुई लाख १२ हजार रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

आज सुन एक हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागले यो उचाइ हासिल गरेको छ।

चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँ पुगेको चाँदीको भाउ आइतबार दुई हजार पाँच सय रुपैयाँ पुगेको छ।