पश्चिम नेपाल | २९ भाद्र २०८२, आईतवार १६:२१
लमजुङको दोर्दी गाउँपालिकामा आइतबार बिहान ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
ताजेंबाट सदरमुकाम बेशीशहरतर्फ आउँदै गरेको ग १ ज ७५५५ नम्बरको बोलेरो दोर्दी गाउँपालिका-६, ढुङ्गेखोला (छोटेखोला) स्थित सडक खण्डमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक राजकिशोर शाहका अनुसार बिहान करिब ९:३० बजे जिपको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो।
दुर्घटनालगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो।
घाइते हुने सबै दोर्दी गाउँपालिका-६ का स्थानीय बासिन्दा हुन्। उनीहरू सबैलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको छ। घाइतेमध्ये ४४ वर्षीया मैती कुमारी तामाङ, ५८ वर्षीय लाल बहादुर तामाङ र २३ वर्षीय नबिन्द्र घलेको अवस्था मध्यम रहेको छ।