☰ open Loading... 4 November 2025|  

सुनको मूल्य १९ सय बढेर हालसम्मकै उच्च
पश्चिम नेपाल   | ३१ भाद्र २०८२, मंगलवार १७:१४

नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुन प्रतितोला १९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।