☰ open Loading... 26 September 2025|  

दिनानुदिन बढ्दै सुनको मूल्य
पश्चिम नेपाल   | १० आश्विन २०८२, शुक्रबार १२:१८

स्थानीय बजारमा सुनको मूल्य १२ रुपैयाँ बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार भने चाँदीको मूल्य घटेको थियो । बुधबार चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।