☰ open Loading... 26 September 2025|  

घर भत्कियो, एक जनाको निधन
पश्चिम नेपाल   | १० आश्विन २०८२, शुक्रबार १६:२९

उदयपुरको कटारीमा घर भत्किएर एक जनाको ज्यान गएको छ । कटारी नगरपालिका ७ रिस्कुको पुरानो घर भत्किँदा ५२ वर्षीय राजे परियारको निधन भएको वडाध्यक्ष सुविन ढुङ्गानाले जानकारी दिए ।

पुरानो घरमा एक्ले बस्दै आएका परियार त्यही सँधै सुत्ने गरेका थिए । टायलले छाएको काठको पुरानो घर राति भत्किएको थियो । घर भत्किँदा मूल खाँबो र टायलले किचेर परियारको घटनास्थलमै निधन भएको हो ।

वडाध्यक्ष ढुङ्गानाले पुरानो जीर्ण भएको घर आफैँ भत्किएको हो । घटनास्थल मै ज्यान गएका उनको शव निकाल्न घण्टौ लागेको थियो ।