☰ open Loading... 4 November 2025|  

नदीमा हामफालेर दुई जना बेपत्ता
पश्चिम नेपाल   | ११ आश्विन २०८२, शनिबार २१:१५

हुम्लाको चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ।

प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले स्थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताए। जानकारी आएलगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेटाउन नसकिएको उनले जानकारी दिए।

बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ।