☰ open Loading... 10 October 2025|  

दसैं सुरु भएसँगै कर्णाली राजमार्गमा दुर्घटना, दुई जना गम्भीर घाइते
पश्चिम नेपाल   | १३ आश्विन २०८२, सोमबार १६:५९

दसैंको चटारो सुरु भएसँगै कर्णाली राजमार्गमा सवारी दुर्घटनाको संख्या बढ्न थालेको छ। सुर्खेतबाट दैलेखको ठाटिकाँधतर्फ जाँदै गरेको क.प्र.०२–००१च ०४८४ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बडाल ताल नजिक दुर्घटनामा परेको छ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सकुशल रहेको प्रहरी स्रोतले जनाएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

दसैंको बेला यात्रुको चाप र सडकको भौगोलिक कठिनाइका कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ। प्रहरीले यात्रुलाई सजक भएर यात्रा गर्न तथा सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ।