पश्चिम नेपाल | १५ आश्विन २०८२, बुधबार १५:३२
जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बुधबार बिहान कर्णाली प्रदेश ०२००१ च १२५५ नम्बरको जिप पोख्रामा दुर्घटनाग्रस्त हुँदा नलगाड–५ का २२ वर्षीय निसान वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।