☰ open Loading... 9 October 2025|  

दसैंको तेस्रो दिन: आज पनि टीका लगाइँदै
पश्चिम नेपाल   | १८ आश्विन २०८२, शनिबार ०६:४२

‘आश्विन शुक्ल द्वादशी’ दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।

आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनकाे हातबाट टिका लगाउँदै छन्।

नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशी, द्वादशी, त्रयोदशी हुँदै कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। तर कहीं कतै ‘पश्चिम नेपालका केही जिल्ला’ मा भने विजयादशमी मात्रै टीका लगाउने प्रचलन छ।

असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दसैंले धेरै समय एक आपसमा भेटघाट नभएका आफन्तहरू बीच भेट्ने अवसरक रूपमा लिइन्छ। दसैंको भेटघाटले एक आपसमा सद्भाव र विश्वास बढाई आत्मीय बढाउने बढाउने गरेको छ।

दसैं मनाउन काठमाडौं उपत्यकाबाट ६ लाख बढी जन बाहिरिएका थिए। दसैं मानेर फर्कनेहरूले गर्दा केही दिन सुनसानिएको काठमाडौंमा भीडभाड बढ्न थालेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने जनाएको छ।