पश्चिम नेपाल | २३ आश्विन २०८२, बिहीबार १३:०३
मुगुबाट नेपालगन्ज आउँदै गरेको एक गाडीमा २२ वर्षीय युवक मृत फेला परेका छन् । यो घटना गएराति भएको हो ।
मृतक जुम्लाको हिमा गाउँपालिका–१, निवासी गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । रावत मुगुबाट सोही गाडीमा चढेर जुम्ला आउँदै थिए।
प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । जुम्ला आइपुगेपछि अन्य यात्रुले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका थिए।
गाडीमा सवार अन्य यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधि नदेखेको बताएका छन्। परिवारका सदस्यले गणेश रावतलाई खासै गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए ।
अहिले उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।