पश्चिम नेपाल | २३ आश्विन २०८२, बिहीबार २१:०५
सल्यानको शारदा नगरपालिका–९, ज्वालापुरमा बिहीबार (असोज २३) जन्ती बोकेको जीप दुर्घटना हुँदा दुलाहा–दुलहीसहित १२ जना घाइते भएका छन् ।
लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप भागाचौरदेखि थापाचौरतर्फ जन्ती बोकेर जाँदै थियो । उक्त जीप अनियन्त्रित भई
सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।