☰ open Loading... 4 November 2025|  

१८ करोडको अस्पताल भवन लथालिंग
पश्चिम नेपाल   | २७ आश्विन २०८२, सोमबार ११:२३

स्वास्थ्यकर्मीहरूका अनुसार नयाँ अस्पताल भवन ठेकेदारले समयमा निर्माण नगरेका कारण अस्पतालमा थप समस्या देखिएको छ । विगतमा अस्पताल म्याद थपिएपनि काम हुन सकेन् ।

जसका कारण अहिले ठेकेदारले पटक–पटक म्याद थपका लागि पत्र पठाए पनि काममा प्रगति नदेखिएपछि म्याद विस्तारको प्रक्रिया रोकिएको जनाइएको छ ।

५० शैयाको सुविधासम्पन्न भवन निर्माण कार्य ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो विरामी चेकजाँच भवनबाटै अहिले बिरामीहरूलाई कोचाकोच गरी उपचार गर्नुपरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले बताए ।

चार वर्षअघि अस्पतालको नयाँ भवन बनाउन सुरु भएपनि ठेकेदारले काम ढिलासुस्ती गर्दा बन्न सकेको छैन् । कर्णाली प्रदेश सरकारको १८ करोड २३ लाख ९९ हजार ३ सय ८१ मा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारले काम समयमा नगरेको पाईएको हो ।

ठेकेदार कम्पनीले प्रदेश सरकारले आफुलाई कामअनुसार पैसा नदिएका कारण ढिलाई हुन गएको दावी गरेको छ ।