पश्चिम नेपाल   | २९ आश्विन २०८२, बुधबार ०६:५६
  देशभर आज मौसम सफा रहनेछ। देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यत: सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति देशभर मौसम मुख्यत: सफा रहनेछ।
