☰ open Loading... 4 November 2025|  

वडाध्यक्षसहित ६ जना पक्राउ
पश्चिम नेपाल   | ४ कार्तिक २०८२, मंगलवार ०९:१३

सल्यानको शारदा नगरपालिका–१ का वडाध्यक्षसहित ६ जनालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीप पाण्डेसहित सोही वडाका लोकबहादुर बुढाथोकी, मोहमद मियाँ, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, आइतबार साँझ विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीको कमाण्डमा खटिएको टोलीले शारदा नगरपालिका–१ श्रीनगरस्थित लोकबहादुर बुढाथोकीको घरमा छापा मारेको थियो।

प्रहरीले उनीहरूको साथबाट १ लाख ७ हजार ६ सय २५ रुपैयाँ नगद, ६ थान मोबाइल, प्रयोग गरिएका र नगरिएका गरी ११ गड्डी तास बरामद गरेको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।