पश्चिम नेपाल   | १० कार्तिक २०८२, सोमबार ०७:५३
  यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतङ्क मच्चाएको छ । डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ । गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको स्थानीय मन्दिर सिंहले बताए ।
यो महिना मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएको सिंहले बताए । मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले आर्थिक नोक्सानीमा परेको उनको भनाइ छ ।
