☰ open Loading... 3 November 2025|  

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड मर्मतका लागि १८ दिन बन्द
पश्चिम नेपाल   | ११ कार्तिक २०८२, मंगलवार १८:०४

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा १८ दिनसम्म सडक बन्द गरिने भएको हो ।