☰ open Loading... 3 November 2025|  

सुर्खेतमा विना बिल नक्कली चुरोट सहित एक जना पक्राउ
पश्चिम नेपाल   | १६ कार्तिक २०८२, आईतवार १५:१४

सुर्खेत, — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, मुलपानीचोकबाट विना बिल–बिजक नक्कली चुरोट कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार साँझ करिब ८:३० बजेतिर प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उक्त क्षेत्रको ‘मेसी स्टोर’मा छापा मारेको थियो। छापामारीका क्रममा सो स्टोरका सञ्चालक करिब ३५ वर्षीय जीवन कुमार शाहीलाई खुकुरी ब्रान्डका २५ डण्डा (५०० बट्टा) र खुल्ला ४ बट्टा गरी कुल ५०४ बट्टा नक्कली चुरोटसहित नियन्त्रणमा लिइएको हो।

प्रहरीले बरामद गरिएको चुरोट तथा नियन्त्रणमा लिइएका शाहीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुर्खेतमा बुझाएको जनाएको छ।