एम्बुलेन्स नहुँदा रास्कोटका बिरामी अझै स्टेचरको भरमा अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेको छ। विगत लामो समयदेखि कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको एम्बुलेन्स मर्मत नहुँदा बिरामी स्टेचरमा बोकेर अस्पताल सम्म पुर्याउनुपर्ने बाध्य आएको हो।
गाउँका बिरामीलाई गाउँबाट नगर अस्पतालसम्म पुर्याउन एम्बुलेन्स अभावले स्टेचरमा राखेर अस्पताल पुर्याउनु परेको रास्कोटका युवा प्रकाश न्यौपानेले बताए। उनले भने ‘रास्कोटमा हरेक दिन बिरामी स्टेचरमा बोकेर अस्पताल लैजान परेको छ।
कसलाई प्रचार कम भएको हो रु कसलाई प्रचार चाहिएको हो ?’ भन्दै प्रश्न गरे। उनले बिरामीलाई स्टेचरमा बोकेर हिँडिरहेको भिडियो पोस्ट गरेका छन्। आइतबार मात्र रास्कोट नगरपालिका —१ का दिलीप न्यौपानेलाई स्टेचरमा बोकेर अस्पताल पुगाउनु परेका युवा न्यौपानेले बताए। हरेक दिन एक एक जनालाई स्टेचरमा अस्पताल लैजान परेको उनको भनाई छ।
यस्तै मंगलबार रास्कोट नगरपालिका—१ का निर्मला न्यौपाने एक्कासि बिरामी भएपछि एम्बुलेन्सको खोजीमा स्टेचरमा अस्पताल पुगाइएको थियो। तर नगरपालिकाले एम्बुलेन्स उपलब्ध नभएको जवाफ दिएपछि छ। नगरपालिकाका मेयर धर्मराज शाहीलाई प्रचार गर्न ठिक्क भएको आरोप युवाहरूले लगाउने गरेका छन्। स्वास्थ्य जस्तो विषयमा नगरपालिकाले बेवास्ता गरेपछि नागरिकले सास्ती खेप्न परेको छ। नगरपालिकाको एम्बुलेन्स धेरै पुरानो भएकाले मर्मत भन्दा पनि नयाँ एम्बुलेन्स किन्ने तयारीमा नगरपालिका रहेको छ।
-नागरिकन्युजबाट
