☰ open Loading... 4 November 2025|  

सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ
पश्चिम नेपाल   | १८ कार्तिक २०८२, मंगलवार १९:३०

सुर्खेतमा लागुऔषध (ब्राउनसुगर) सहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरका विभिन्न स्थानमा पक्राउ कार्यवाही गरेको हो।

प्रहरीका अनुसार वीरेन्द्रनगर–८ स्थित बिसाउने चौतारी क्याफे सञ्चालन गर्दै आएका २८ वर्षीय हिमाल आलेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। उनको क्याफे र शौचालयको भेन्टिलेसनबाट प्रहरीले ११ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा प्रहरीले वीरेन्द्रनगर–४ मुलपानीका २६ वर्षीय सरोज ढकाललाई समेत नियन्त्रणमा लिएको छ। उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन साँझ वीरेन्द्रनगर–१ बाट ४७ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरिएको छ। गुरुङको साथबाट प्रहरीले ३.१८० ग्राम ब्राउनसुगर फेला पारेको बताइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकासँगबाट जम्मा १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, रु. १,७१,३३० नगद, कैची २ थान, र प्लास्टिकको टुक्रा १ थान समेत बरामद गरिएको छ।

प्रहरीले ती तीनैजनालाई नियन्त्रणमा लिएर म्याद थप गरी थप अनुसन्धान जारी रहेको जनाएको छ।