☰ open Loading... 27 November 2025|  

सुनको मूल्यमा भारी गिरावट
पश्चिम नेपाल   | ३० कार्तिक २०८२, आईतवार १२:४८

स्थानीय बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार नौ सयले घटेर कारोबार भइरहेको छ।

यसअघि २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८ सय पुगेको छ।

आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।