☰ open Loading... 27 November 2025|  

दैलेख जेसीजद्वारा साइबर क्राइम र लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
पश्चिम नेपाल   | ११ मंसिर २०८२, बिहीबार १५:३९

दैलेख जेसीजले आयोजना गरेको जेसीज सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साइबर क्राइम तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम त्रिभुवन माध्यमिक विद्यालय, नयाँ बजारमा सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका १६५ जना विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

विद्यार्थीहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, डिजिटल गोपनीयता, साइबर अपराधका प्रकार तथा लागुऔषध दुरुपयोगका दुष्परिणामबारे विस्तृत रूपमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा प्रशिक्षकका रूपमा प्रहरी निरीक्षक पुस्पराज रोकाय उपस्थित रहेर व्यवहारिक उदाहरणसहित विद्यार्थीसँग संवाद गरेका थिए।

दैलेख जेसीजले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै, भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।