☰ open Loading... 28 September 2025|  

दैलेखमा ब्यापार मेला शुरु
  | १९ आश्विन २०७५, शुक्रबार १८:३२

दैलेख । दैलेखमा शुक्रवार ब्यापार मेलाको उद्घाटन भएको छ । प्रदेश सरकारका वन, वातावार तथा पर्यटन मन्त्री नन्दसिहं बुढाले मेलाको उद्घाटन गरेका हुन् ।

मेला नारायण नगरपालिका, दैलेख र जिल्ला लघु उद्यमी समूह संघको संयुक्त आयोजनामा ब्यापार मेला भएको हो । मेलामा जिल्लाका उद्यमीहरुले आफुले उत्पादन गरेका सामाग्रीहरु राखेका छन् ।

विशेष गरी मेलामा कृषि बस्तुहरुका साथै उद्यमीहरुको उत्पादन प्रर्दशनी तथा विक्रिका लागि राखीएको छ । मेलामा मसला उद्योग, दालमोठ उद्योग, अगरवत्ती उद्योग, दुना टपरी उद्योग, मुढा उद्योग, ढाका उद्योग, हाते कागज उद्योग, सिस्सो प्रसोधन उद्योग, सिलाई कटाई उद्योग, आरन उद्योग, हाते होजियारी उद्योग, ब्युटिपार्लर, खाजा नास्ता ब्यवशाय, कृषि ब्यवशाय, ममवत्ती उद्योग, वाँस निगालोका विभिन्न सामाग्री उत्पादन उद्योग आदि उद्यमहरु मेला ल्याईएको छ । जिल्लाको आर्थिक विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने डिमेगाका अध्यक्ष कविराज खत्रीले बताए ।