☰ open Loading... 5 November 2025|  

विप्लव समूहले गर्‍यो वडा कार्यालय तोडफोड
  | २९ जेष्ठ २०७६, बुधबार १९:३५

जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यक्रताले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्। कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्‍याइएको छ।

जिल्ला प्रहरी कार्यालयले कार्यालय तोडफोड गरेको पुष्टि गरेको छ।  उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन्।

विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन्।