☰ open Loading... 15 September 2025|  

सुनको मूल्य तोलामा पाँच सयले बढ्‍याे
  | २९ मंसिर २०७६, आईतवार १२:३९

सुनको मूल्य तोलामा पाँच सयले बढेको छ। शुक्रबार र शनिबार प्रतितोला ७० हजार ८ सय रुपियाँमा कारोबार भएको सुनको भाउ आइतबार ७१ हजार ३ सयमा किनबेच भइरहेको छ।

बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको सुनको मूल्य घटेर ७१ हजार रुपियाँभन्दा तल आएको थियो। तर, अहिले पुनः उकालो लाग्न थालेको छ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेर्कड बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सय रुपियाँसम्म पुगेको थियो।