☰ open Loading... 7 November 2025|  

कोरोना त्रास : सुनसान बन्दै कर्णाली राजधानी (फोटो कथा)
  | १० चैत्र २०७६, सोमबार १०:५२

सुशील खड्का
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन उच्च सतर्कता अपनाउन बजार र सवारी आवागमन बन्दहुँदा वीरेन्द्रनगर सुनसान बनेको छ । अन्य दिनहरुको तुलनामा सवारी आवागमन कम भएको छ भने बजार पूर्ण रुपमा बन्द छ । सवारीहरु सुर्खेतबाट अन्य जिल्लामा जान रोक लगाइएको छ । अत्यावश्यक पसलहरु बाहेक अन्य व्यापार व्यवसाय पूर्ण रुपमा बन्द छन् ।

सुर्खेत उद्योग बाणिज्य संघले उच्च सतर्कताका लागि व्यवसाय बन्द गर्न आइतबार आह्वान गरेको थियो । तर तरकारी, फलफुल, खाद्य किराना, ग्यास र औषधी पसलहरु भने खुला छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा जाने कुनै पनि सवारी नचलाउन यातायात व्यवासयीलाई अनुरोध गरेको छ ।