☰ open Loading... 22 November 2025|  

वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिक मृत फेला
  | ३० जेष्ठ २०७७, शुक्रबार १०:०५

काठमाण्डाै – काठमाण्डाैको छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक सैनिक मृत भेटिएका छन् ।अस्पतालमा ड्युटीमा रहेका सेनाका प्यूठ डम्बरबहादुर विष्ट छातीमा गोली लागेको अवस्थामा मृत भेटिएका सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो  । उहाँका अनुसार विष्टको शव पोष्टमार्टमका लागि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

विष्ट आफैँले आफैँलाई गोली हानेको जस्तो देखिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको सेनाले जनाएको छ ।@उज्यालो