☰ open Loading... 28 September 2025|  

दैलेखमा कोरोना बिमा दाबी रकम भुक्तानी
  | २३ श्रावण २०७७, शुक्रबार २०:४३

 

 

दैलेख : दैलेखमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई कोरोना बिमा दाबी रकम हस्तान्तरण गरिएको छ । नारायण नगरपालिका वडा नः १ की कोरोना संक्रमित भएकी २६ वर्षिया प्रतिमा शाहीलाई उक्त कोरोना बिमा दाबी रकम भुक्तानी गरिएको हो ।
कोरोना सङ्क्रमण जोखिम बाट बच्न प्रतिमा शाहीले जेठ २२ गते नेको इन्सोरेन्स लिमिटेड शाखा कार्यालय दैलेखमा एक लाख बिमाङकको बिमा गरेकी थिईन । उनको स्वाब साउन १० चेक जाँचका लागि लगिएको थियो उहाँमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि १५ दिन आइसोलेसन अस्पतालमा उपचार पछि उहाँ निको भएर घर फर्के सँगै उनका हकवाला बुवा प्रेम बहादुर शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेको नेको इन्सोरेन्स लिमिटेड शाखा दैलेखले जानकारी दिएको छ ।

नेका इन्सोरेन्स कम्पनी लिमिटेड दैलेखका शाखा प्रमुख चेतन कुमार थापाले कोरोना बिमा गरेको १५ दिन पनि बितिमलाई कोराना देखिएको खण्डमा उहाँले गर्नुभएको बिमा अनुसारको रकम भुक्तानी हुने बताए । उनले एक लाखको बिमा गर्दा छ सय तिर्नुभएको बितिमलाई एक लाख रुपैयाँ पाउनुभएको बताए ।