☰ open Loading... 28 September 2025|  

कोरोना खोपको मूल्य कति पर्न सक्छ ?
  | ८ मंसिर २०७७, सोमबार ०६:२४

 कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीका सीईओ स्टेफान बान्सेलले बताएका छन् ।  यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो । फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने गरेको उनको भनाइ छ।

यसअघि गत सोमबार मोडर्नासँगको वार्तामा सहभागी ईयूका अधिकारीहरुले युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको बताएका थिए । यद्यपि बान्सेलले भने अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् ।

मोडेर्नाले आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४ दशमलव ५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ।