☰ open Loading... 6 November 2025|  

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियुक्त पक्राउ 
  | १ पुष २०७७, बुधबार १९:०८

 
दैलेख-द्वन्द्वकालमा मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई प्रहरीले प्रक्राउ गरेको छ।मंगलबार  पत्रकार थापाको हत्यामा सलंग्न भनिएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरिलाल पुनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो।

पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई  पक्राउ गरि मंगलबार जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशपछि कारागार चलान गरिएको हाे।