☰ open Loading... 7 November 2025|  

वन्यजन्तुको सुकुटी सहित दुईजना पक्राउ
  | ६ पुष २०७७, सोमबार १०:४७

बर्दिया : वन्यजन्तुको सुकुटी र हातहतियारसहित दुईजनालाई पक्राउ परेका छन् ।

सुरक्षाकर्मीको टोलीले आइतबार सुर्खेतको बराहाताल गाउँपालिका–३ नरसिहंकाडाका ३४ वर्षीय चक्रबहादुर विष्ट र २४ वर्षीय गणेश तिवारीलाई नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिए। उनीहरुको साथबाट भरुवा बन्दुक तीन नाल, गोली १७ थान, वारुद करिब २०० ग्राम, हसिया पाँच थान, गुलेली एक, जाल एक, वन्यजन्तुको सुकुटी करिब ७० किलोलगायतका सामग्री बरामद गरिएको छ।