☰ open Loading... 7 November 2025|  

करेन्ट लागेर एक जनाको मृत्यु
  | १० पुष २०७७, शुक्रबार २०:१८

सल्यान। सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ को लेखपोखरामा करेन्ट लागेर एकको ज्यान गएको छ ।


दाङको तुल्सीपुरबाट सो गाउपालिको वडा नम्बर २ दहखोला जाँदै गरेको ना ६ ख २९६२ यात्रुबाहक बसको छतबाट सामान निकाल्ने क्रममा मेन लाइनको रडले छुँदा दाङको दंगिसरण गाउपालिका–३ घर भएका २१ वर्षीय सह–चालक राजेश डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।