☰ open Loading... 15 September 2025|  

प्रचण्ड-नेपाल समूह उग्र, मोटरसाइकलबाट थुतेर कुटपिट
  | २२ माघ २०७७, बिहीबार १६:३२

 

सुर्खेत- सुर्खेतमा हड्तालमा उत्रिएको प्रचण्ड–नेपाल समूह उग्र बन्न थालेको छ। नेतृत्वकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए पनि युवा समूह भने उग्र बन्दै गएको छ।आन्दोलनमा सहभागीले साढे ९ बजेतिर मोटरसाइकल चलाइरहेका मानिसलाई थुतेर कुटपिट गरेका छन्।
बन्दको अवज्ञा गरेर हिडेको भन्दै मोटरसाइकलमा सवार एक युवालाई कुटपिट गरेका छन् ।दैलेखको भैरवी गाउँपालिका–१ का जोरासिंह विष्टलाई युवाहरुले मोटरसाइकलबाट झारेर सामूहिक रूपमा कुटपीट गरेका हुन्।
प्रदर्शनसहित बुलबुले गेटनजिकै पुगेका युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई मोटरसाइकलबाट झारेर कुटपिट गरेका हुन् । कुटपिटबाट सामान्य घाइते भएका विष्टलाई प्रहरीले उद्धार गरेको छ ।