☰ open Loading... 7 November 2025|  

समाजसेवी चन्दलाई सम्मान
  | २६ माघ २०७७, सोमबार १२:०३

दैलेख -रिपोर्टर्स क्लब  दैलेख शाखाद्वारा एक युवा समाजसेवीलाई सम्मान  गरिएको छ।नौमुले गाउँपालिका दैलेख निवासी युवा समाजसेवी मानेन्द्र चन्द ठकुरीलाई एक कार्यक्रम विच  सम्मान गरिएको हो। विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएका मानेर चन्द ठकुरीले , दैलेख लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा कोरोना विरुद्धको सामग्री पठाएका थिए।पछिल्लो चरणमा दैलेखमा थुप्रै समाजसेवाको काम अग्रसर भएका चन्दले, आफ्नै गृहजिल्लामा भएको यो सम्मानले थप हौसला प्राप्त भएको बताए ।

 

क्लबका कार्यवाहक अध्यक्ष अभिषेक अनुरागले सम्मानपत्रले सम्मान गर्दै ,अब समाज परिवर्तनको जिम्मा त्यस्तै नव जवानहरुको हातमा रहेको उनले बताए।कार्यक्रम संचालक भने सञ्चारकर्मी तथा कलाकार यामराज विष्टले सञ्चालन गरेका थिए।