☰ open Loading... 7 November 2025|  

घोडाबाट लडेर एक जनाकोे मृत्यु
  | ८ चैत्र २०७७, आईतवार १९:२४

मुगु- घोडाबाट लडेर एक बालकको मृत्यु भएको छ। मुगुकोछायानाथ रारा नगरपालिका–८ सिगाडीका हस्त रावलका छोरा वर्ष १५ वर्षीय राजेन्द्र रावलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुकाअनुसार माथिल्लो मिलिचौरस्थित आफ्नै घोडामा चडेर चराउन जाँदा घोडाको काटीको डोरीमा खुट्टा अल्झेर करिब एकसय ५० मिटर सम्म लतारिएर मृत्यु भएको हो।