☰ open Loading... 6 November 2025|  

गायक सुरज पण्डितको स्वरमा टल्कारे ओई बजारमा
  | ९ चैत्र २०७७, सोमबार २१:०५

लोकेन्द्र जिसि (कुमार) दैलेख– नेपाली गीत संगितले फरक धार खोजी भइरहेका बेला चर्तित गायक सुरज पण्डितको स्वरमा भर्खरै मात्र बजारमा पप देउडा गीत टल्कारे ओई गीत सार्वजनिक भएको छ ।जुम्ला घर भएका सबै खालका गीतलाई सजिलै गाउन सक्ने र सिर्जना गर्न सक्ने गायक सुरज पण्डितको लय सिर्जमा रहेको उक्त गीतमा शब्द सिर्जना लोकराज न्यौपाने  र सुरज पण्डितको रहेको छ । यस अघि गायक पण्डितले रेलको बाटो लगायतका थुप्रै गीतहरु दर्शकमाझ ल्याईसकेका छन् ।सरकारी जागिरे जिवन बिताएका गायक पण्डित पछिल्लो समयमा कलाकारिता क्षेत्रमा समेत जम्न थालेका छन् ।सानै देखि गायन पेशामा रुचि राख्ने गायक पण्डितले आफ्नोै युटुव च्यानलबाट पप देउडा गीत टल्कारे ओइ गीतको भिडियो सार्वजनिक गरेका हुन् ।गीतमा मौलिक  देउडा भाका सुन्न सकिन्छ ।