☰ open Loading... 6 November 2025|  

शुद्ध पानीको लागि विद्यालयमा युरोगार्ड
  | १० चैत्र २०७७, मंगलवार २०:००

दैलेख- रेडक्रस माध्यमिक विद्यालय भुर्तिमा युरो गार्ड जडान गरिएको छ ।प्रभु बैंक शाखा दैलेख द्वारा बैकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत शिक्षक, बिद्यार्थीले शुद्द पिउने पानीको उपलब्धताका लागि युरोगार्ड जडान गरिएको प्रभु बैंक शाखा दैलेखका प्रमुख उमेश प्याकुरेलले बताए ।
कार्यक्रमको उद्घाटन गदै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले दुषित पानी पिउदा झाडापखाला जस्ता विभिन्न रोग संक्रमण फैलने भएको हुदा शुद्ध पानीको ब्यवस्थापन गर्न युरो गार्ड जडान गरिएको बताए ।यश अघि पनि प्रभु बैंक दैलेख शाखाले कोरोनाको महामारिमा नारायण नगरपालिका मार्फत खाध्यान्न राहत बितरण का साथै क्वारेन्टाईन निर्माणमा समेतआर्थिक सहयोग समेत गरेको थियो ।