☰ open Loading... 29 September 2025|  

विद्यार्थी बिरामी हुँदा तीन दिनका लागि विद्यालय बन्द
  | ११ चैत्र २०७७, बुधबार १५:१३

दैलेख – दैलेखको नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा बालविकासदेखि कक्षा ८ सम्मका सयौंँ विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।विद्यार्थीलाई ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काँप्ने लगायतले समस्या देखिए पछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएकोविद्यालयका प्राधानाध्यापक घनश्याम रेग्मीले बताए ।

आइतबार करीब एक सय ५०, सोमबार करीब एक सय र मङ्गलबार ८५ जना विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।विद्यार्थी बिरामीले ग्रसित भएको खबर स्वास्थ्य सेवा कार्यालय दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको हो ।बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा गुरुङले जानकारी बताए।