☰ open Loading... 28 September 2025|  

१० थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री दैलेख ल्याइँदै
  | ६ जेष्ठ २०७८, बिहीबार ०५:४६

दैलेख- कोभिड(१९ )विरुद्धको लडाइँका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले दैलेखका लागी अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री पठाएको छ।देशभर अक्सिजन सिलिण्डरको अभाव भईरहेको बेला दैलेख जिल्लामा प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केको पहलमा दैलेखका लागि अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री पठाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागले दैलेख अस्पतालका लागि १० थान अक्सिजन सिलिण्डर, दुई वटा अक्सिजन कन्सनट्रेटर पठाएको सांसद विशुन्केले बताइन्। १० वटा इन्फारेड थर्मोमिटर, पीसीआर किट समेत पठाईएको छ । त्यस्तै स्वास्थ्य सामग्रीहरु गाउन, चश्मा (सेफ्टी), सर्जिकल मास्क, सेनीटाइजर, एननाइन्टीफाइभ मास्क समेत अस्पतालका लागि पठाईएको छ ।