☰ open Loading... 29 September 2025|  

वर्षाले पर्खाल सहित विद्यालयमा लाखौँको क्षति
  | ४ असार २०७८, शुक्रबार २१:३६

यामराज बिष्ट
दैलेख -केहीदिन यतादेखि भइरहेको लगातार वर्षातका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । अविरल बर्षातले गर्दा दैलेखका विभिन्न ठाउँमा घर भत्कने , सडकमा चिरा पर्नुका साथै सडक समेत भत्किएको बताइएको छ ।

समयमै मर्मत सम्भार नगरिएका गाउँका सडकमा सवारी साधन चलाउन नसकिने स्थानीयले बताए । लगातारको वर्षातले नारायण नगगरपालिका ११काँडामा रहेको रैना देवी आधारभुत विद्यालयमा समेत लाखौँको क्षति पुगेको छ।वर्षातले विद्यालयको पर्खाल, विद्यालयकाे २काेठे भवन समेतलाई असर गर्दा करिब ७लाख भन्दा बढिकाे क्षति पुगेको बिद्यालयका प्रधानाध्यापक मान बहादुर कटुवालले बताए । उनले भने“बर्षातले २वटा पर्खाल भत्काएको छ, भने बिद्यालयको ४काेठे भवनमा समेत चिरा परेको छ ।