☰ open Loading... 5 November 2025|  

२६ लाखको स्वास्थ्य सामग्री सहयोग
  | २७ श्रावण २०७८, बुधबार ०५:३३

दैलेख -स्वास्थ्य सेवा कार्यालय दैलेखलाई २६ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कारितास नेपालले २६ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो ।

स्वास्थ सेवा कार्यालय दैलेखलाई २० थान अक्सिजन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ३४ थान पल्सअक्सिमिटर, ४ सय ५० थान पीपिई सेट, ५ सय १५ बक्स सर्जिकल मास्क, १ सय बक्स सर्जिकल ग्लोब्स र २ सय १० वटा हेण्डसेनीटाइजर सहयोग गरिएको लाख रुपैयाँ मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कारितास नेपाल क्षेत्रिय कार्यालय कोहलपुर बाँकेका क्षेत्रिय संयोजक जनकप्रसाद शर्माले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी, दैलेख अस्पतालका डा जगत थापा लगाएतको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको छ ।