☰ open Loading... 15 September 2025|  

नयाँ दल दर्ता गर्ने निर्णयसँगै अन्ततः एमाले फुट्यो
  | २ भाद्र २०७८, बुधबार १८:४३

नेकपा एमाले अन्ततः विभाजन भएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल बनाउने निर्णय सँगै एमाले विभाजित भएकाे हाे।

नेता नेपालले ‘नेकपा एमाले समाजवादी’ नामको दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन्।