☰ open Loading... 6 November 2025|  

थपिए १६ सय ४० संक्रमित
  | २४ भाद्र २०७८, बिहीबार ०८:४१

काठमाडौं,  । पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनाको कोरोना परीक्षण गर्दा १६ सय ४० जना संक्रमित थपिएका हुन् ।पिसिआर विधिबाट ९ हजार ७६७ जना र एन्टिजेनबाट ३ हजार ६८८ जनाको परीक्षण भएको छ ।

त्यस्तै २१ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।कोरोनाबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट नेपालमा १० हजार ८८९ जनाको मृत्यु भएको छ ।यस्तै, गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित थपिएका छन् ।