☰ open Loading... 15 September 2025|  

मुगुमा बस दुर्घटना: २१ को मृत्यु, १६ जना घाइते
  | २६ आश्विन २०७८, मंगलवार १८:०६

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँ(सातमोड)मा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको गरेको भे १ ख ३१३६ नंम्बरको बस मंगलबार दिउँसो साढे १२ बजे दुर्घटना भएको हो।

दसैंमा घर हिडेका यात्रु लिएर मुगु गएको बस दुर्घटनामा परेको आशंका गरिएको छ। अहिले घाइतेहरुको उद्धार कार्य जारी छ। उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर परिचालन गरिएको छ।