☰ open Loading... 5 November 2025|  

१७ बर्षीया बालिका बलात्कार अभियोगमा ४० बर्षिया एक युवा पक्राउ
  | २९ कार्तिक २०७८, सोमबार ०७:२२

यामराज विष्ट

दैलेख- दैलेखमा १७ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ४० बर्षिया एक युवा पक्राउ परेका छन् । दैलेख प्रहरीले १७ बर्षीया बालिका बलात्कार गरेको अभियोगमा केशव सुजीलाई पक्राउ गरेको हो ।पीडित बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय दैलेखमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि आइतबार बालिका बलात्कार गरेको अभियोगमा सुजीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सुजीमाथी दैलेख जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डीएसपी )अनुपम श्रेष्ठले जानकारी दिए ।
सुजीले बालिकालाई विवाह गर्ने लगाएतका प्रलोभनमा पारी अरु कोहिसँग विवाह गरेमा बेईज्जत गरीदिन्छु भन्दै डर त्रास देखाएर बलात्कार गरेको पीडित परिवारको भनाई छ ।