☰ open Loading... 29 September 2025|  

कक्षा १२ को नतीजा सार्वजनिक
  | १८ मंसिर २०७८, शनिबार ०५:३२

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतीजा सार्वजनिक गरेको छ।बिहीबार  बिहान बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णय अनुसार, नतीजा सार्वजनिक गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले बताए।

कोभिड-१९ का कारण कक्षा १२ को परीक्षा ढिलो गरी ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो। त्यसअघि दुई पटक स्थगित गरिएको थियो।

यस वर्ष तीन लाख ७५ हजार १५ जनाले परीक्षा दिएका थिए। केही समयपछि नतीजा हेर्न सकिने प्रवक्ता शर्माले जानकारी दिए।

बोर्डका अनुसार, सात हजार ३६ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन्। त्यस्तै, ४८ हजार ३३९ विद्यार्थीले ‘ए ग्रेड’ र ७० हजार विद्यार्थीले ‘बी प्लस’ ग्रेड ल्याएका छन्।

यस्तै, ‘बी’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ९९ हजार ५३७ छन्। ‘सी प्लस’ ल्याउने विद्यार्थी ७५ हजार ८८, ‘सी’ ग्रेड ल्याउने विद्यार्थी २४ हजार ५१५, ‘डी प्लस’ ग्रेड ल्याउने विद्यार्थी तीन हजार ८७५ र ‘डी’ ग्रेड ल्याउने विद्यार्थी २९६ रहेको बोर्डले जनाएको छ।यससँगै १० हजार ७३ विद्यार्थीले ‘ई’ ग्रेड ल्याएका छन्।

कक्षा १२ को नतीजा हेर्न www. neb.ntc.net.np मा लग इन गर्न सकिनेछ। त्यस्तै, १६०० मा एसएमएस (Type NEB < space > SYMBOL and Send it to 1600) र १६०१ मा डायल गर्न सकिनेछ।
थप सामग्री : https://www.himalkhabar.com/news/126941