दैलेख ।दैलेख प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा दैलेख प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो ।बिभिन्न संघ संस्थाको समन्वयमा विद्यार्थीहरुलाई विद्यालयमै भेटेर शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ दैलेखमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरिरहेको दैलेख प्रहरी प्रमुख भवश्वेर साहले बताए ।
महेन्द्र माध्यामिक विद्यालय नारायण नगरपालिका ४सोतमा आयोजना गरिएको कार्यक्रममा मुलुकमा हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला विद्यालय सँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न ठुलो भुमिका खेल्ने प्रमुख साहले बताए ।कार्यक्रममा विद्यार्थीहरुलाई समाजमा देखिएको साईवर क्राईम, सडक दुर्घटना, चोरी, हत्या, घरेलु हिंसा लगाएत कसुरवाललाई कस्तो सजाय दिईन्छ,प्रहरी र नागरीक सुरक्षामा प्रहरीको महत्व, प्रहरीप्रती सकारात्मक धारणाको विकास, लगायतका बिषयमा जानकारी गराईएको थियो।
यस्तै कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर राेकाय ,नारायण नगरपालिका दैलेखकी कार्यापालिका सदस्य मन कुमारी सुनार अधिकारकर्मी प्रभाकुमार विक लगायतको सहभागिता रहेको थियो।जिल्ला प्रहरी कार्यालयको आयोजनामा अहिलेसम्म १८भन्दा बढी विद्यालयमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरि सकेको छ ।
